विश्वकप हेर्न ४६ हजार पार्किङ, पानीको बोतलै १ हजार रुपैयाँ
nepalbahas.com · Sat Jun 20 09:18:47 GMT 2026

विश्वकप हेर्न ४६ हजार पार्किङ, पानीको बोतलै १ हजार रुपैयाँ
६ असार, काठमाडौं । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ खेलकुद इतिहासकै सबैभन्दा भव्य प्रतियोगितामध्ये एक मानिए पनि यससँग जोडिएका अत्यधिक खर्चले विश्वभरका फुटबल समर्थकलाई अचम्मित बनाएको छ।
टिकट, आतिथ्य सेवा र स्टेडियमभित्रका विभिन्न सुविधाको मूल्य अस्वाभाविक रूपमा बढेपछि विश्वकप अहिले खेलभन्दा पनि महँगो अनुभवका कारण चर्चामा छ। लाखौं दर्शकले स्टेडियम भरिरहेका भए पनि खेल प्रत्यक्ष हेर्न चाहने समर्थकले ठूलो रकम खर्च गर्नुपरेको बताइएको छ।
रिपोर्टहरूका अनुसार सेमिफाइनल खेलका लागि निजी लक्जरी सुइटको मूल्य ३ लाख १७ हजार १०० अमेरिकी डलरसम्म पुगेको छ। यस्तो सुइटबाट खेल हेर्दा विशेष सुविधा र उत्कृष्ट दृश्य अनुभव प्राप्त हुने भए पनि यो सुविधा मुख्यतः उच्च आय भएका दर्शकका लागि मात्रै उपलब्ध रहेको बताइन्छ।
त्यस्तै, अमेरिकाको सोफी स्टेडियममा पार्किङ शुल्कसमेत निकै महँगो रहेको जनाइएको छ। केही दर्शकले गाडी पार्क गर्न मात्रै ३०० अमेरिकी डलरसम्म खर्च गरेका छन्, जुन नेपाली मुद्रामा करिब ४६ हजार रुपैयाँ बराबर हुन्छ।
विश्वकप हेर्न पुगेका अमेरिकी समर्थक जोन ज्याक्सनले आफ्नो टोलीको खेल प्रत्यक्ष हेर्न पाउनु नै ठूलो कुरा भएकाले खर्चलाई प्राथमिकतामा नराखेको प्रतिक्रिया दिएका छन्। “चार वर्षमा एक पटक आउने अवसर भएकाले खर्चको चिन्ता छैन, टोलीले उपाधि जितेको हेर्न चाहन्छु,” उनले भनेका छन्।
स्टेडियमभित्र खानेकुरा र पेय पदार्थको मूल्य पनि बाहिरको तुलनामा कैयौं गुणा महँगो रहेको बताइएको छ। एक क्यान बियरको मूल्य १८.९९ अमेरिकी डलर अर्थात् करिब २ हजार ८०० रुपैयाँ पुगेको छ भने एक बोतल पानीका लागि ५.९९ अमेरिकी डलर अर्थात् झन्डै १ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको छ।
दर्शक अल्ब्रेन निक्सनले पानीजस्तो आधारभूत आवश्यक वस्तुको मूल्यसमेत अत्यधिक भएको टिप्पणी गरेका छन्। उनका अनुसार विश्वकपको प्रत्यक्ष अनुभव अहिले सामान्य आय भएका मानिसभन्दा धनी वर्गका लागि बढी सहज बनेको छ।
उनले घरमै परिवारसँग बसेर खेल हेर्नु अझ सस्तो र रमाइलो विकल्प भएको प्रतिक्रिया दिएका छन्। “स्टेडियममा जानुभन्दा घरमै बसेर परिवारसँग खेल हेर्नु बढी सहज र कम खर्चिलो छ,” उनले भने।
विश्वकपको रोमाञ्चक वातावरण प्रत्यक्ष अनुभव गर्न चाहने दर्शकका लागि यसपटकको प्रतियोगिता उत्साहसँगै ठूलो आर्थिक भार पनि बनेको देखिएको छ।
विश्वकप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी विश्वकपबाट बाहिरियो
असार ६, २०८३ शनिबार
हाइटीको रक्षापंक्ति भत्कियो, ब्राजिल ३ गोलले अगाडि
असार ६, २०८३ शनिबार
फिफा विश्वकप फुटबल–२०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया २–० गोलअन्तरले पराजित
असार ६, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको पुर्जी, विदेशमा रहेकाले तत्काल आउन नसक्ने जवाफ
नेपालबहस संवाददाता
असार ४, २०८३ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
असार ५, २०८३ शुक्रबार
२
नेपालमा मनसुन भित्रियो, देशभर फैलिन अझै समय लाग्ने
असार ५, २०८३ शुक्रबार
३
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
विश्वकप हेर्न ४६ हजार पार्किङ, पानीको बोतलै १ हजार रुपैयाँ
असार ६, २०८३ शनिबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
असार ६, २०८३ शनिबार
शिक्षा मन्त्रालयबाट सिटिइभिटीको उपाध्यक्षका लागि २५ र सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृति
असार ६, २०८३ शनिबार
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
असार ६, २०८३ शनिबार
सलमानले हाले ‘कालो हरिण’ सम्बन्धी फिल्ममाथि मुद्दा, सुनुवाइ जारी
असार ६, २०८३ शनिबार
इतिहास र आतिथ्यको अद्भुत संगम : जापानको १,३०० वर्ष पुरानो होटल
असार ६, २०८३ शनिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)