आयोगले भन्यो– सांसद गौतमको अवस्था गम्भीर छ, जीवनरक्षा गर
baahrakhari.com · Fri May 19 16:50:00 GMT 2023
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत प्रतिनिधिसभा सदस्य सन्जयकुमार गौतमको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सात दिनदेखि अनशनमा रहेनका बर्दिया–१ का सांसद गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।
आयोगले अनुगमनका क्रममा गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको जनाएको छ । सांसद गौतमको स्वास्थ्य अवस्था गम्भीर रहेको र जीवन नै खोखिममा पर्न सक्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)