मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्री पौडेललाई प्रश्न-कांग्रेस एउटै हो कि दुईटा छ ?

nepalpress.com · Sat Jun 20 09:23:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यक्ति व्यवस्थापनको समस्या पहिलेदेखि हुँदै आएको बताएका छन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदस्यता अद्यावधिक पार्टीको नियमित काम भएकाले त्यसलाई विवादका रूपमा लिन नहुने बताए ।

उनले भने, ‘महाधिवेशनको मुखमा विवाद भइहाल्छ नि । पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या पहिलेदेखि छ । यो पुरानो पार्टी हो ।

त्यसैले पार्टीभित्र व्यक्तिको व्यवस्थापनको सन्दर्भ पेचिलो छ । हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन सक्छ । त्यसैले व्यक्ति व्यवस्थापनको सवालमा हामीले एउटा प्रस्ट विधि ल्याउन जरुरी छ, त्यो कुरा स्वीकार्छौँ ।’

उनले पार्टीभित्रको विवाद मिलाउन धेरै गाह्रो नपर्ने उनको तर्क छ । कांग्रेस एउटै छ कि दुइटा भन्ने प्रश्नमा उनले उनले भने, ‘केही नेताहरूका असन्तुष्टिहरू छन् । त्यो कुरा मैले स्वीकार गरेँ । यो पहिलो हो ? अहिले मात्रै भएको हो ? योभन्दा अगाडि थिएन र ? त्यसकारण हामी यसलाई व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ, छलफल गरिरहेका छौँ । सम्भवतः यो कुरा समझदारीपूर्ण तरिकाबाट अगाडि बढ्छ ।’ उनले कांग्रेसको १५औँ महाधिवेशन सबै एकताबद्ध भएर हुने विश्वास व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)