‘उफ यो मन’ लाई यूनिभर्सल सर्टिफिकेट
kalakarmi.com · Fri Nov 17 01:27:27 GMT 2023
काठमाडौं– नेपाली फिल्म ‘उफ यो मन’ ले प्रदर्शनको चाँजोपाँजो मिलाएको छ । हालै यो फिल्म सेन्सर पास भएको छ । केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) ले यो फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ । जसअनुसार अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।
अमेरिका निवासी साहित्यकार अनु शाहले यो फिल्म निर्माण गरेकी हुन् । अनुराधा फिल्म्स इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुरज चन्दले निर्देशन गरेका छन् । फिल्ममा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दिपक क्षेत्री, पुकार गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)