मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब आइतबार पनि बन्द हुने भए भीमेश्वरका विद्यालय

annapurnapost.com · Wed May 27 14:03:25 GMT 2026

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई निर्देशन जारी गरेपछि नगर क्षेत्रका विद्यालयहरूमा नयाँ व्यवस्था लागू हुने भएको हो।

भीमेश्वर नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिन अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको परिपत्र बमोजिम नगर कार्यपालिकाको बैठकबाट उक्त निर्णय गरिएको जनाएको छ । नयाँ व्यवस्था लागू भएसँगै अब भीमेश्वर नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालयहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा हुनेछ। यसअघि नगरपालिकाभित्र सञ्चालित धेरै संस्थागत विद्यालयहरू आइतबार पनि सञ्चालन हुँदै आएका थिए । अब भने नगरपालिकाको निर्णयपछि सबै विद्यालयमा एउटै प्रणाली लागू हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)