मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

nepalpress.com · Sat Jun 20 09:43:20 GMT 2026

काठमाडौँ । ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित कारोबारी पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको जनाएकाे छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड फायर खोलेको हो ।

घटनाका क्रममा कोही घाइते भए नभएको तथा बरामद भएको लागुऔषधको परिमाणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय