गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड
canadanepal.com · Sat Jun 20 09:45:21 GMT 2026

न्युयोर्क - साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल , दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ ।
गाजा पट्टीको मानवीय अवस्था बारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोधनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ । प्यालेस्टिनी सवाल मध्यपूर्वमा द्वन्द्वको केन्द्रबिन्दुमा रहेको उल्लेख गर्दै साउदी अरेवियाले स्थायी शान्तिका लागि दुई–राज्य बीचको समस्या समाधान र पूर्वी जेरुसेलमलाई यसको राजधानी , सीमाना र स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना आवश्यक रहेको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)