कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण छ : शिक्षामन्त्री
annapurnapost.com · Sat Jun 20 09:48:38 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका छन्।
शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका हुन्।
कृषिमा लगानी गर्नुपर्नेमा पटक पटक जोड दिए पनि त्यसअनुसार लगानी गर्न नसकेकाले अव नयाँ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए।
उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन अन्य विश्वविद्यालयसँगको समन्वयमा आफूले ध्यान दिने धारणा राखे।
समारोहमा विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका थिए। जसमध्ये स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)