भारतको सजिलो जित
ekantipur.com · Sun Oct 15 01:30:06 GMT 2023
अहमदाबाद — रोहित शर्माको ८६ रनसँगै बलरहरूको सटीक प्रदर्शन मद्दतले भारतले विश्वकप क्रिकेटमा शनिबार पाकिस्तानमाथि ७ विकेटको जित निकालेको छ । अहमदाबादको १ लाख ३२ हजार दर्शक क्षमताको रंगशालामा भारतले सुरुमा पाकिस्तानलाई १ सय ९१ रनमा समेटेको थियो ।
एक समय दुई विकेट गुमाएर १ सय ५५ रनको स्थितिमा रहेको पाकिस्तान त्यसपछि पतनको सिकार बन्यो । भारत १ सय १७ बलको खेल बाँकी छँदै जितसम्म पुग्यो र ५० ओभरको विश्वकपमा पाकिस्तानमाथि लगातार आठौं जित दर्ता गर्यो । रोहितले ६३ बलको इनिङ्समा छ चौका र छ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)