डब्लूबीसी मुवाँथाईमा करिश्मा च्याम्पियन
ekantipur.com · Mon Apr 10 00:46:14 GMT 2023
पोखरा — करिश्मा कार्कीले डब्लूबीसी मुवाँथाई नेसनल वुमेन इम्पावरमेन्ट च्याम्पियनसिपको उपाधि जितेकी छन् । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै करिश्माले फ्लाइवेट विधामा उपाधि जितेकी हुन् ।
प्रतियोगिताकै मुख्य आकर्षणको रूपमा रहेको फ्लाइवेटमा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । करिश्माले बेल्टसहित ८० हजार पुरस्कार जितिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)