गरिमा विकास बैङ्क लिमिटेड “कर्पोरेट बिजनेस अवार्ड २०२६” बाट सम्मानित
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैङ्क समूहतर्फ “डेभलपमेन्ट बैङ्क अफ द इयर २०२६” को प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा मिति २०८३ आषाढ ४ गते काठमाडौँको होटेल र्याडिसनमा आयोजित कार्यक्रमको अठारौँ संस्करणमा बैङ्कलाई यो अवार्ड प्रदान गरिएको हो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकालले बैङ्कका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)