आयोगको सिफारिस : ओली, लेखक र गुरुङलाई पश्चत्दर्शी कानुन बनाएरै कारबाही गर्नू
baahrakhari.com · Wed May 27 14:41:55 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि मानव अधिकार उल्लंघनमा ‘पश्चात्दर्शी’ कानुन बनाएर कारबाही चलाउनू भनेको छ ।
आयोगले बुधबार पश्चात्दर्शी कानुन बनाएर भए पनि कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो । कानुन नहुँदाका अवस्थामा घटिसकेका घटना वा कार्यमा सजाय दिलाउनु परेमा पश्चात्दर्शी कानुन लागु गर्न सकिन्छ । यस्तो कानुन लागु हुनुभन्दा अघि गम्भीर मानव अधिकार उल्लंघन भएको अवस्थामा अनुसन्धान र कारबाही गर्न बाटो खुल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)