मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुनले भने– नयाँ आन्दोलन र संगठन सुदृढीकरणबाट कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउँछ

baahrakhari.com · Sat Jun 20 10:10:00 GMT 2026

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले आउँदो निर्वाचनसम्ममा जनतालाई संगठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्न सके कम्युनिस्ट पार्टी पुनः शक्तिमा आउने बताएका छन् ।

शनिबार (असार ६) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले हाल प्रतिनिधिसभामा आफूहरूका १७ सिट रहेको उल्लेख गरे । जनतालाई सही ढंगले प्रशिक्षित गर्न सके कम्युनिस्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको उनले बताएका हुन् ।

नेता पुनले क्रान्तिकारी विचारको निरन्तरता नभएमा आन्दोलनले माथि उठाएको वर्ग नै प्रतिक्रान्तिको सहयोगी बन्न सक्ने जोखिम औँल्याए । बदलिँदो विश्व परिवेशको विश्लेषण गर्दै उनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीबारे समेत सचेत गराए ।

पुँजीवादले हरेक क्षेत्रलाई डिजिटल र भर्चुअल माध्यमबाट नियन्त्रण गरिरहेको उनले उल्लेख गरे । उनले यसको गहन अध्ययन गरी श्रमजीवी जनताका पक्षमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय