ब्रिक्सका पाहुनाको दिल्लीमा जमघट
ratopati.com · Sat Sep 12 09:25:25 GMT 2026

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा विभिन्न देशका नेताबिच द्विपक्षीय भेटवार्ता तीव्र भएको छ । यसैबिच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् । भारत–इरान द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री मोदीले इथियोपियाका प्रधानमन्त्री अबी अहमद र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटका क्रममा व्यापार, लगानी, प्रविधि र रक्षा सहकार्यबारे छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)