भोटेकोशी हिमबाढीमा अमेरिकाको चासो
gorkhapatraonline.com · Sat Sep 12 09:27:56 GMT 2026

नेपालमा भदौ १० गते लाङटाङ लिरुङ हिमाल चोईटिएर खसेपछि आएको भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिकी सरकारले गम्भीर विपत्तिका रुपमा हेरेको छ । अमेरिकी विदेशमन्त्रालयले उक्त घटनाका बारेमा धारणा सार्वजनिक गर्दै आफ्ना नागरिकसमेत हिमबाढीको विपत्तिमा परेर वेपत्ता रहेकोमा चासो व्यक्त गरेको छ ।
विदेश मन्त्रालयले विपदको निगरानी गरिरहेको र नेपाल सरकारको आवश्यकता अनुसार सहयोगको दायरा बढाउन तयार रहेको जनाएको छ । सार्वजनिक धारणा अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले उत्तरी नेपालमा ठुलो असर पु-याएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)