८ विश्वविद्यालयका उपकुलपति पदका लागि दर्खास्त स्वीकृत भएका उम्मेदवारहरूको नामावली सार्वजनिक (नामावलीसहित)
lokaantar.com

शिक्षा तथा खेलकुद मन्त्रालयले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन दिएका व्यक्तिहरूमध्ये स्वीकृत नामावली सार्वजनिक गरेको छ।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८० को व्यवस्था बमोजिम सिफारिस समितिले २१८ जना आवेदकहरू मध्येबाट योग्य ठहरिएका उम्मेदवारहरूको नामावली बुधबार प्रकाशन गरेको हो। सिफारिस समितिको बुधबारकै निर्णय अनुसार उक्त नामावली स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि प्राप्त आवेदनहरूमध्येबाट विश्वविद्यालयगत रूपमा नामावली छानिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)