हिमाल संरक्षणमा पर्वतीय मुलुक एक ठाउँ
annapurnapost.com · Sun Dec 03 01:04:59 GMT 2023
दुबई : कोप–२८ मा शनिबार भएको एउटा सत्रले विशेष चर्चा पायो। ‘हिमालः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ’ भन्ने शीर्षकको उक्त छलफलको अध्यक्षता गरेको थियो– नेपालले। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्रको अध्यक्षता गरे। जलवायु परिवर्तनका कारण हिमालहरू संकट परेको भन्दै हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री दाहालको उक्त प्रस्तावको समर्थन जनाए, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले। महासचिव गुटेरेसले हिमाल जोगाउन ढिलाइ गर्न नहुने धारणा राखे। पर्वतीय देशहरूले स्वरमा स्वर मिलाउँदै हिमाल संरक्षणका लागि विश्व एक हुनुपर्नेमा जोड दिए। संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु शिखर सम्मेलन (कोप–२८) मा पर्वतीय देशहरूले हिमालको संरक्षणका लागि ढिला गर्न नहुने निष्कर्षसमेत निकालेका छन्। पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमालहरू पग्लिन थालेको र यसले थुप्रै संकटहरू भोगिरहेको भन्दै पर्वतीय देशहरूले संकटमा परेका हिमालहरू बचाउन हातेमालो गर्ने प्रतिबद्धतासमेत जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)