मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

annapurnapost.com · Wed May 27 14:56:59 GMT 2026

गोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। धार्चे गाउँपालिका-२ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो पकार प्रसुतीगृह पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

२४ वर्षकी बिकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी(ईक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए। बिक १३ दिन अघि सुत्केरी भएकी थिइन् तर बुधबार बिहान एक्कासी बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय