सुशासन चुनावको मुख्य एजेन्डा थियो, नेपालमा भ्रष्टाचार झन् बढ्दै गएको गगन थापाको दाबी
barnanmedia.com · Sat Jun 20 10:29:51 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा भ्रष्टाचार विगतदेखि नै विद्यमान रहेको र पछिल्ला वर्षहरूमा झन् बढ्दै गएको दाबी गरेका छन्। उनले भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित आर्थिक तथा सामाजिक प्रगति गर्न नसकेको बताएका छन्।
सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको शासन विषयक कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा निर्वाचनको सबैभन्दा महत्वपूर्ण एजेन्डा बनेको स्मरण गराए। उनले नेपाली कांग्रेसभित्र पनि लामो समयदेखि सुशासनको पक्षमा आवाज उठाउँदै आएको र त्यसका लागि संघर्ष गर्दै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)