११ वर्षपछि खुल्यो इजरायल रोजगारी
ekantipur.com · Thu Jan 20 00:31:50 GMT 2022
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मोरङकी २६ वर्षीया युनिसा राई भेटिइन् । दीर्घकालीन हेरचाह सेवाको सहायक श्रमिक (केयरगिभर) का रूपमा इजरायल जाँदै गरेकी उनी उत्साहित देखिन्थिन् । ‘इजरायल जान पाउनु भाग्यको कुरा पनि रहेछ । लक्की ड्रबाट छानिएँ । पहिलो लटमै उड्न पनि पाएँ,’ उनले भनिन् ।
राईसहित ९९ जना बुधबार इजरायल उडे । जसमा ६३ महिला र ३६ पुरुष छन् । पहिलो चरणमा १ सय २५ जना उड्ने तय भए पनि २६ जना कोरोना पोजिटिभ देखिएपछि रोकिए । चार चरणको छनोट प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरू इजरायल जान योग्य बनेका थिए । अंग्रेजी भाषा परीक्षामा ७ हजार सहभागी भए पनि सबैले रोजगारीको मौका पाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)