कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका जाँचमा हतार नगरिएको स्पष्ट होइन : शिक्षामन्त्री
barnanmedia.com · Sat Jun 20 10:32:53 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका जाँचमा हतार नगरिएको स्पष्ट पारेका छन् । आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री पोखरेलले उत्तरपुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताएका हुन् ।
पोखरेलले भने, ‘उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन। बरु आवश्यक जनशक्ति बढाइएको छ, समपरीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ, र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ । साथै, गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराउन चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)