इन्टरनेटजन्य असुरक्षाबाट बच्न डिजिटल साक्षरता कार्यक्रम
barnanmedia.com · Thu Nov 27 22:13:59 GMT 2025

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
प्रवक्ता मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको हो । “प्रविधिको प्रयोगसँगै इन्टरनेटको सही उपयोग र आधारभूत डिजिटल सुरक्षाका बारेमा हरेक व्यक्तिलाई थाहा हुनुपर्छ”, प्रवक्ता मानन्धरले भने, “प्रविधिको उपयोगले जीवनलाई जति सहज बनाउँछ, चलाउँदा ख्याल गरिएन भने जोखिम पनि उत्तिकै बढाउँछ ।” प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुनसक्ने जोखिमबाट महानगरवासीलाई बचाउन प्रशिक्षण चाहिएको प्रवक्ता मानन्धरको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)