मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जाने हैन त दोलखा रक क्लाइम्बिङ गर्न

ratopati.com · Sat Jun 03 06:39:00 GMT 2023

दोलखा । दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना भएको छ। दोलखा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाइम्बिङ महोत्सव २०८० ’ आयोजना गरिएको हो।

दोलखा बजार चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिक को भिरमा रक क्लाइम्बिङ को दक्ष क्लाइम्बर द्वारा २५ मिटर जति उचाइ लाई अहिले प्रयोजनमा ल्याइएको छ। ६ महिनादेखि अध्ययन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान) ले अहिले ३ वटा रुट क्लियर गराएर प्रयोगमा ल्याइएको हो ।नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान ) को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)