विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
nepalbahas.com · Sat Jun 20 10:55:32 GMT 2026

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
६ असार, काठमाडौं । विश्वकप फुटबलअन्तर्गत शनिबारका खेलहरूमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ । यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुङ्गो लाग्नेछ ।
समूह ‘ई’ अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकप खेलमा पहिलो पटक सहभागी भएको कुराकाओलार्ई ७–१ ले पराजित गरेको थियो । यदि जर्मनीले आइभरी कोस्टलाई पराजित गरी इक्वेडरले अर्को खेलमा जित निकाल्न असफल भएमा जर्मनी समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्नेछ ।
जर्मनीका प्रशिक्षकले आइभरी कोस्टको गति र एथलेटिक क्षमताप्रति विशेष सावधानी अपनाउनुपर्ने बताए । विशेषगरी, आइभरी कोस्टका ‘विङ्गर’ निकोलस पेपेप्रति ध्यान केन्द्रित गरिएको छ । यसै समूहमा आइभरी कोस्टले जर्मनीलाई हराएमा अर्को चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ ।
अर्को खेलमा स्विडेनले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ । जित निकाले स्विडेनले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । स्विडेन हाल अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेको छ ।
स्विडेनका प्रशिक्षक ग्राहम पोटरले ‘स्ट्राइकर’ अलेक्जेन्डर इसाक आगामी खेलहरूमा अझ प्रभावकारी हुँदै जाने बताए । इसाकले हालसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई गोलमा सहयोगी भूमिका निर्वाह गरेका छन्। शनिबारकै अर्को ऐतिहासिक खेलमा जापानले ट्युनिसियासँग विश्वकपको एक हजारऔँ खेलका रूपमा प्रतिस्पर्धा गर्नेछ ।
यसअघि शुक्रबारका खेलहरूमा सह–आयोजक संयुक्त राज्य अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । समूह ‘डी’ मा शीर्ष स्थान हासिल गरेसँगै अमेरिका नकआउट चरणमा सहज मार्गतर्फ अघि बढेको छ ।
त्यस्तै, ब्राजिलले हाइटीलाई ३–० ले हराउँदै समूह ‘सी’ मा आफ्नो स्थिति बलियो बनाएको छ भने मोरोक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । विश्वकपको समूह चरण रोमाञ्चक मोडमा पुगेको छ र आगामी खेलहरूले ‘नकआउट’ चरणका धेरै समीकरण स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
विश्वकप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
विश्वकप हेर्न ४६ हजार पार्किङ, पानीको बोतलै १ हजार रुपैयाँ
असार ६, २०८३ शनिबार
ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी विश्वकपबाट बाहिरियो
असार ६, २०८३ शनिबार
हाइटीको रक्षापंक्ति भत्कियो, ब्राजिल ३ गोलले अगाडि
असार ६, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको पुर्जी, विदेशमा रहेकाले तत्काल आउन नसक्ने जवाफ
नेपालबहस संवाददाता
असार ४, २०८३ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
असार ५, २०८३ शुक्रबार
२
नेपालमा मनसुन भित्रियो, देशभर फैलिन अझै समय लाग्ने
असार ५, २०८३ शुक्रबार
३
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
असार ६, २०८३ शनिबार
मन्त्री लम्सालकै मुखबाट फेरि हिंसात्मक निर्देशनः ‘ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनु’
असार ६, २०८३ शनिबार
पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि चल्यो महानगरको डोजर
असार ६, २०८३ शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
असार ६, २०८३ शनिबार
‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
असार ६, २०८३ शनिबार
प्रहरीले बालकुमारीमा गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो
असार ६, २०८३ शनिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ