एमालेसँग एकताको कुनै सम्भावना छैन : माधव नेपाल
baahrakhari.com · Sat Jun 20 11:05:27 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार (असार ६) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरेका हुन् ।
नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नु रहेको बताए । उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको जिकिर समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ