अध्यक्ष दाहालले पूर्वराजा शाहलाई भाइ मारा र मूर्ति चोर जस्ता गम्भीर आरोप
barnanmedia.com · Fri Mar 14 22:14:40 GMT 2025

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा र मूर्ति चोर जस्ता गम्भीर आरोप लगाएका छन्। आज शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।
'२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छ? मूर्ति चोर को हुन्?,' उनले भने, 'नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सिएको भन्ठानेको?'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)