भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने
nepalnews.com · Sat Sep 12 10:27:13 GMT 2026

काठमाडौं। भोटेकोसी बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा अब असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभरिको पुरस्कारका लागि विजेता छनोट गर्ने तयारी गरेको हो। कर प्रणालीमा उपभोक्तालाई अभ्यस्त गराउन र बिल लिने बानी बसाल्न सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम ल्याएको थियो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म कारोबार गरेका उपभोक्तामध्येबाट १५ जना र सोही अवधिबाट एक जना गरी १६ जना छनोट गरिनेछ। त्यसैगरी दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ जना र एक जना बम्पर विजेता गरी कुल ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)