मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे बस्तीमा बाघ आतङ्क

nepalviews.com · Sat Jun 20 11:15:50 GMT 2026

महोत्तरी । महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतङ्क बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो । गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ । गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ ।

“लगातार चार दिनदेखि बर्दिबास–३ को रातु नदीको पश्चिमतिरको पाटु डाँडामा राति बोका, बाख्रा र सुँगुर मारेको थियो, कुन जन्तु हो एकिन भएको थिएन”, बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले भने, “शुक्रबार राति भने पहरा दिएर बसेका गाउँलेले सानो बच्चा (डमरु) सहित पाटेबाघ देखेका हुन् ।” राँको बालेर टिन ठटाएपछि बाघ घना जङ्गलभित्र पसेको पाटुकै बासिन्दा कारेभोगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेल खत्रीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)