सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मोर्चाले मद्दत गर्नेछ : जनार्दन शर्मा
ratopati.com · Sat Sep 12 10:30:55 GMT 2026

जनकपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताएका छन् । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मद्दत पुगोस् भन्ने मनसायले मोर्चाको निर्माण गरिएको उनले स्पष्ट पारे । यो मोर्चा कुनै निर्वाचनका लागि मात्र नभएर उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि बनेकाले सदियौँसम्म कायम रहने गरी अघि बढाइएको शर्माले दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)