चिनियाँ राष्ट्रपति सी नयाँदिल्लीमा, ब्रिक्स सम्मेलनमा सहकार्यबारे छलफल हुने
nepalnews.com · Sat Sep 12 10:33:55 GMT 2026

नयाँदिल्ली। १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीनका राष्ट्रपति सी चिनफिङ नयाँदिल्ली आइपुगेका छन् । शनिबार नयाँदिल्लीस्थित विमानस्थलमा राष्ट्रपति सीलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
ब्रिक्समार्फत सहकार्यलाई थप विस्तार गर्दै सन्तुलित, प्रतिनिधिमूलक र बहुध्रुवीय विश्व निर्माणमा योगदान पुर्याउने विषयमा सम्मेलनका क्रममा रचनात्मक छलफल हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)