पोखराको फिर्केखोलाका १०५ अतिक्रमित संरचना भत्काइयो
nepalviews.com · Wed May 27 15:54:36 GMT 2026

कास्की । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्ममा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ ।
पोखरा महानगरपालिकाले यही जेठ १० गतेदेखि फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले चौथो दिनसम्म साना ठूला गरी व्यक्तिगत तथा संस्थागत गरी १०५ संरचना भत्काइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)