मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीलाई चुनौती र अवसर

ekantipur.com · Fri Mar 08 01:10:06 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फेरि गृह मन्त्रालयको जिम्मेवारी समालेका छन् । उनीसँग यो मन्त्रालय हाँकेको करिब एक महिनाको अनुभव छ । गत वर्ष उपप्रधानसहित गृहमन्त्री बनेका लामिछानेले नागरिकता विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । बाहिर बसेर बोल्न जति सजिलो छ भित्र गएर गर्न त्यति सजिलो छैन ।

सुशासन ल्याउने वाचासहित गृह मन्त्रालय सम्हालेका लामिछानेले भुटानी शरणार्थी काण्ड, सुन काण्ड, सहकारीपीडित, मिटर ब्याजपीडितलगायत थुप्रै सवालमा काम देखाउनुपर्नेछ । ०८४ सम्म सरकारमा नजाने उद्घोष गरेका लामिछानेले गृह पाउनेबितिक्कै सरकारमा सामेल भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)