६ महिना अघि जेलबाट छुटेका व्यक्ति पुनः लागुऔषध कारोबारमै, प्रहरीले गोली चलाएर समात्यो
shilapatra.com · Sat Jun 20 11:16:00 GMT 2026

काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि प्रहरीले गोली प्रहार गरी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पर्साको पटेवा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई २९६ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा ओझैया लागुऔषधसहित भाग्न खोजेपछि उनलाई दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)