चुरेका बस्तीमा बाघको बिगबिगी, साँझपख हिँडडुल नगर्न आग्रह
nagariknews.nagariknetwork.com · Sat Jun 20 11:33:50 GMT 2026

महोत्तरीको चुरेका काछ बस्तीमा बाघको आतङ्क बढेको छ। जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो।
गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ। गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)