मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुसुन्ती कप भेट्रान फुटबल हुने

ekantipur.com · Fri Jan 05 17:09:31 GMT 2024

काठमाडौँ — कुसुन्ती युवा क्लब र वडास्तरीय युवा क्लको ललितपुर–१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

जावलाखेल मैदानमा पुस २४ देखि २८ सम्म हुने प्रतियोगितामा कम्तीमा ३२ टिमले भाग लिने क्लबका अध्यक्ष नीरज खड्काले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगिताका लागि ४० वर्षमाथि खेलाडीले मात्र भाग लिन पाउनेछन् । प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाा पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार र माउन्टेन फ्लाइटको टिकट प्रदान गरिने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)