मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

clickmandu.com · Sat Jun 20 11:52:50 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-८ रामकोट घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४९ वर्षीय बाबुराम श्रेष्ठ रहेका छन्।

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ गतेको फैसलाले उक्त मुद्दामा बिगोवापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय