मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे बस्तीमा बाघको आतङ्क, स्थानीय त्रसित

nepalbahas.com · Sat Jun 20 11:50:17 GMT 2026

चुरे बस्तीमा बाघको आतङ्क, स्थानीय त्रसित

६ असार, महोत्तरी । महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतङ्क बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो । गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ । गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय