मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाहाल सरकार ढल्यो, दाहाल सरकार बन्यो

ekantipur.com · Tue Mar 05 00:58:37 GMT 2024

काठमाडौँ — दसवर्षे सशस्त्र युद्धको नेतृत्व र पछि शान्ति प्रक्रियामा आएपछि डेढ दशक प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका क्रमभंग सामान्य छैनन् । पार्टीको नेतृत्व लिएको ३४ वर्षपछि उनले लिएको रणनीतिक क्रमभंगले नेपाली राजनीति तरंगित बनाइरहेको छ ।

संयुक्त जनमोर्चाको नामबाट ‘संसदीय निर्वाचनलाई उपयोग’ को नीति लिई ८ सिट जितेको उनको नेतृत्वको पार्टीर्ले ०५२ मा सशस्त्र युद्ध सुरु गर्दा पहिलो क्रमभंग थियो । युद्धको दौरानमा प्रहरी चौकी हुँदै सदरमुकाम आक्रमण गर्दै ‘अपत्यारिलो’ सफलता हासिल गरेकै बेला तत्कालीन राजा वीरेन्द्रसँग संवादको प्रयास गर्नु अर्को क्रमभंग मात्र थिएन, दाहालको ‘लेफ्ट’ बाट ‘राइट’ ढल्किने यात्रा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)