मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमास इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार

barnanmedia.com · Fri Mar 14 23:04:15 GMT 2025

काठमाडौँ, १ चैत : हमासले शुक्रबार एक इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो ।

हमास र इजरायलबीच गाजा पट्टीमा युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणमा सहमति नभई समाप्त भएको थियो । हमासका एक वरिष्ठ अधिकारीले मङ्गलबार कतारको राजधानी दोहामा वार्ताको नयाँ चरण सुरु भएको बताएका थिए । इजरायलले पनि वार्ताकारहरूको टोली पठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)