लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम शुभारम्भ
gorkhapatraonline.com · Sat Jun 20 12:04:37 GMT 2026

गुल्मीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ । “लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तर्क्रियासँगै सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुभारम्भ गर्नुहुँदै लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारको समस्या स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्मकै चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले लागुऔषधले सामाजिक, आर्थिक, पारिवारिक तथा राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्ने भएकाले यसको समाधानका लागि सामाजिक बाटो खोज्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)