सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने
gorkhapatraonline.com · Sat Sep 12 11:19:12 GMT 2026

ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ कार्यपालिकाको बैठक पर्यटकीय क्षेत्र तिम्बुङ पोखरीमा बसेको छ । पालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि कार्यपालिकाको बैठक तिम्बुङ पखेरीमा बसेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार तिम्बुङ पोखरीमा बसेको कार्यपालिकाको बैठकले सिदिङवा गाउँपालिकालाई केन्जो (पदमचाल) को राजधानी दाबी गर्ने निर्णय गरिएको छ । समुन्द्र सतहदेखि करिब चार हजार तीन सय ४० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा पाइने लोपोन्मुख वनस्पति केन्जो अन्य स्थानमा भन्दा बढी पाइने भएकाले राजधानी दाबी गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको पालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी तिवेन्द्र अधिकारीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)