मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुईपटक हवाई टिकट रद्द भएपछि इराकमै अस्ताइन् सुमिना

rajdhanidaily.com · Fri Mar 14 23:14:01 GMT 2025

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको मृत्यु भएको छ । २ वर्षअघि रोजगारीका लागि इराक पुगेकी सुमिना एउटा घरमा काम गर्दागर्दै भुइँमा ढलेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पताल लागिएको थियो ।

उनी बिरामी भएको खबर पाएको दिनदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) इराक अध्यक्ष विनोद श्रेष्ठले नेपाल पठाउन प्रयास गरे तर सफल भएनन् । श्रेष्ठका अनुसार उनलाई नेपाल पठाउन नसक्नुको मुख्य कारण रोग र शारीरिक अवस्था थियो । सोही कारण एयरलाइन्सले दुई पटकसम्म स्वीकृत नै नगरेपछि हवाई टिकट रद्द भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)