मानव अधिकार आयोगले गौरीबहादुर कार्कीलाई पनि डाम्यो
ratopati.com · Wed May 27 16:38:37 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।
कार्की कै नेतृत्वमा तत्कालीन सुशीला कार्की सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । उनी नेतृत्वको आयोगले जेनजी आन्दोलनमा जोडिएका विभिन्न व्यक्तिहरूलाई कारबाही सिफारिस गरेकामा हाल आएर मानव अधिकार आयोगले उनैलाई कारबाही सिफारिस गरेको हो ।
आयोगको बुधबार सार्वजनिक प्रतिवेदनको पृष्ठ २० र २७ मा कार्कीलाई आन्दोलनका ‘आह्वानकर्ता, अभियन्ता तथा समर्थक’ को सूचीमा राखिएको छ। आन्दोलन हुनु पूर्व, आन्दोलनका क्रममा र त्यसपछि पनि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत उनले दिएका अभिव्यक्तिहरूले प्रदर्शनलाई उत्तेजित बनाउन र भीडलाई उक्साउन भूमिका खेलेको आयोगको निष्कर्ष छ ।
आयोगले कार्की लगायतका अभियन्ताहरूले दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्याउन कस्तो मद्दत पुर्यायो भन्ने विषयमा ‘सूक्ष्म अनुसन्धान’ गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे–नपरेको र सार्वजनिक शान्तिमा खलल पुग्ने कार्यमा उनीहरूको दुरुत्साहन भए(नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।’
रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस
जेनजी आन्दोलनबारे अनुसन्धान प्रतिवेदन : बालेन शाहबारे आयोग मौन
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
राष्ट्रिय मानव अधिकार आयोग