चुरे बस्तीमा बाघ आतंक
himalpress.com · Sat Jun 20 12:08:15 GMT 2026

महोत्तरी – महोत्तरीको चुरे काछका बस्तीमा बाघको आतंक बढेको छ। जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतंक बढेको हो।
गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ। गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)