मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनबारे वार्तामा ‘बलियो जी७ एकता’ : आयोजक क्यानाडा

barnanmedia.com · Fri Mar 14 23:14:24 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले शुक्रबार बताएको छ ।

“हाम्रो लामो कुराकानीको माध्यमबाट, हामीले छलफल गरिएका विभिन्न मुद्दाहरूमा बलियो जी७ एकता फेला पार्न सक्षम भयौँ र विशेष गरी युक्रेनसँग जोडिएको कुरा म प्रकाश पार्न चाहन्छु”, क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले क्युबेकमा वार्ताको अन्तिम दिन पत्रकारहरूलाई भन्नुभयो, “सबै जी७ विदेशमन्त्रीहरू युद्धविरामको अमेरिकी प्रस्तावसँग सहमत छन् जुन युक्रेनीहरूले समर्थन गरेका छन् र हामी अब अध्ययन गरिरहेका छौँ र रूसी प्रतिक्रियालाई हेरिरहेका छौँ, अन्ततः युक्रेनको मामिलामा अब बल रुसको कोर्टमा छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)