मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

nepalviews.com · Sat Jun 20 12:19:23 GMT 2026

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङ नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका २७ महाबौद्धबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय