मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनमा, खाली खुट्टा घोराहीमा प्रदर्शन

nayapatrikadaily.com · Wed Feb 28 00:22:00 GMT 2024

एक सातादेखि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा प्रदर्शन गरेका छन् । मोही अधिकारको माग गर्दै दाङका आठ सय ५० किसानले ८ फागुनदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइरहेकामा अब प्रदर्शन थालेका हुन् ।

२७ र २८ फागुनमा देशभरका गुठीपीडित किसानको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने निर्णय भएको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । अध्यक्ष चौधरीका अनुसार गुठी विधेयक संसद्मा टेबल नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)