मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुनावको मुखमा रोजगारीका लागि भारत जानेहरूको गुनासो– भोट हालेर भोक टर्दैन, परिवार धान्न मजदुरी नगरी सुख छैन

nayapatrikadaily.com · Mon Nov 14 00:31:00 GMT 2022

निर्वाचन आउन एक साता बाँकी छ । आवधिक निर्वाचनमार्फत योग्य जनप्रतिनिधि छान्न आफ्नो मताधिकारको प्रयोग गर्ने वेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत पस्नेको नाकामा लर्को छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक पाँच सयभन्दा बढी नागरिक भारत गइरहेका छन् । ‘भोटले भोको पेट नभर्ने’ उनीहरूको गुनासो छ ।

मजदुरी गरेर घर–व्यवहार धानिरहेका कैलालीको जोशीपुर गाउँपालिका– ५ का केशव तिखात्तरी आइतबार बेलुकी त्रिनगर नाका हुँदै भारतको पुना लागेका छन् । होटेलमा काम गर्ने उनी दसैँ, तिहार मनाउन गत असोजमा घर आएका थिए । ‘चुनाव भनेर के गर्नु, परिवार, बालबालिकाका लागि काम गर्न नगई हुँदैन,’ केशवले बाध्यता सुनाए, ‘भोट हाल्ने मन त थियो नि, तर भोटले खान पुग्दैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)