रातो मच्छिन्द्रनाथको भोटो जात्रामा प्रधानमन्त्री सहभागी
nagariknews.nagariknetwork.com · Sat Jun 20 12:19:31 GMT 2026

ऐतिहासिक रातो मच्छिन्द्रनाथको भोटो जात्रामा सहभागी हुन प्रधानमन्त्री जावलाखेल पुगेका छन्। भोटो देखाउने कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति हुने क्रममा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका हुन्।
रातो मच्छिन्द्रनाथ जात्राको प्रमुख आकर्षणका रूपमा रहेको भोटो देखाउने कार्यक्रम ललितपुरको जावलाखेल चोकमा आयोजना गरिएको छ।
रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा पुराना र महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सवमध्ये एक मानिन्छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)