लुम्बिनीमा ५ सयभन्दा बढीको सामूहिक योगाभ्यास
nepalviews.com · Sat Jun 20 12:31:51 GMT 2026

लुम्बिनी . अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बुद्धको जन्मस्थल लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा तथा लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी योग साधक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
लुम्बिनीस्थित लिटिल बुद्ध प्रतिमाअगाडि आयोजित कार्यक्रममा सहभागीहरूले प्रशिक्षकको निर्देशनमा विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए। योग दिवसको सन्देश जनस्तरसम्म पुर्याउने र स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)